Logo

मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते



मेचीनगर, २५ असार । मेचीनगरको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते भएका छन् ।

मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय तान्चोक लिम्बू गम्भीर घाइते भएका हुन् ।

मेचीनगर-१० धुलाबारी निवासी लिम्बूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको वडा सदस्य विशाल कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्