Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण र बजेट एजेण्डा



काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आइतबार बिहान ११ बजे बैठक बोलाएका छन् ।

एजेण्डा बोरमा नखेलाइए पनि प्रधानमन्त्रीको भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुट सम्बन्धी मुख्य एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । सोमवार जेठ १५ गते संसद्मा बजेट पेस हुँदैछ । यसैगरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइलका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्