Logo

मन्त्रिपरिषद्‍बाट बजेट पारित



काठमाडौँ, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पारित गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्