Logo

मन्त्रिपरिषद् पुनर्गठन: जसपाबाट तीन मन्त्री थपिए



काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ। महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

यस्तो छ नयाँ मन्त्रिपरिषद्ः

प्रतिक्रिया दिनुहोस्