काठमाडौँ, १९ साउन । मन्त्रिपरिषदको बैठक बस्दै छ ।
आज १ बजे बस्ने बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
गठबन्धनको सुझाब अनुसार सरकारले आज चुनावको मिति तोक्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नु पर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भर पर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो ।







