काठमाडौँ, १० चैत । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटगर्न बालुवाटार पुगेका छन् ।
मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डलाई १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।







