Logo

मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने



फायल तस्बिर

काठमाडौँ, २८ पुस । मन्त्रिपरिषद्को विस्तार र मन्त्रालयको भागवण्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएका छन् । गठबन्धन दलबीच मन्त्रालय भागवण्डा यसअघि नटुङ्गिएकाले मन्त्रिपरिषद् विस्तार हुन सकेको थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारका गर्ने सम्बन्धमा प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्