Logo

मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक



काठमाडौँ, १४ चैत । सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा आज निर्णायक संवाद हुने भएको छ । सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले सत्ता साझेदार अन्य दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह चार बजे बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्