Logo

मन्त्रीका नाम टुंगो लगाउँदै कांग्रेस, कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं, २९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बैठक बसेको हो ।

नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका निम्ति नाम टुंगो लगाउने निर्णय बैठकबाट गरिनेछ । यस्तै, पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ ।

कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्