काठमाडौँ, ११ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ ।
मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।







