Logo

मन्त्री अथक र आईसीसीका पदाधिकारीबिच भेटवार्ता



काठमाडौँ, ११ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आईसीसीले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । “आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भुमिका प्रशंसनिय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं ।” मन्त्री अथकले भने ।

भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठुलो सम्भावना रहेको बताए । उनले नेपाली क्रिकेटको विकासकालागि ठुला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

उक्त भेटवार्तामा आइसीसीका जेनेरल म्यानेजर विलियम्स ग्लानराइट, वित्त तथा सञ्चालन अधिकृत नितेशा कोठारी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगाएत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्