चितवन, २८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् ।
इच्छाकामना गाउँपालिका-१ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई/दुई थान ब्ल्याङकेट वितरण गरेका हुन् ।
सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको बताए ।
“चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उनले भने, “चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।” सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो ।
मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच/पाँच हजार सहित सम्मान गरेका थिए ।






