काठमाडौँ, १४ भदौ । सहरी विकासमन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् ।
सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, “समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।”
आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा राखेका थिए ।







