काठमाडौँ, ११ पुस । सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माओवादीले पाउने मन्त्रालय र मन्त्रीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आज अपराह्न चार बजे केही मन्त्रीसहित पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।







