Logo

मन्त्री श्रेष्ठ भन्छन्: मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरियो, सत्य तथ्य बुझौँ



काठमाडौँ, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् ।

लाइन बस्न आग्रह गर्दा सेन्टरमा खटिएका सुरक्षागार्डलाई पक्राउ गरेपछि चौतर्फी आलोचनाको शिकार भएका मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउ गरेका हुन् ।

त्यो घटना लाइनमा बस्न नमानेर नभएको दाबी गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो ।’

उनले घटनाको तथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधारणलाई आग्रह गरेका छन् । सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र गरिएको भन्दै त्यसप्रति चनाखो हुन पनि भनेका छन् ।

मन्त्री श्रेष्ठ गत शुक्रबार छाया सेन्टरमा ‘बायोमेट्रिक्स’का लागि गएका थिए । सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री भए पनि लाइन बस्नुपर्ने बताएपछि विवाद भएको थियो । त्यसपछि आइतबार प्रहरीले गुरुङलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्