Logo

मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको मृत्यु



भारत, २३ साउन । राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको मृत्यु भएको छ ।

सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्