काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताउनु भएको छ ।
सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उहाले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगतभएसम्मपछि नहट्ने बताउनुु भयो।
उहाले भन्नुभयो,‘सरकारले सक्नेजति जोड बल लगाएको छ। केहीनभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जितहो। शरिरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमाउभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगतजीवनको लागिकहिल्यै केहीमागेको छैन। म राजनीतिमाहुन्नथे भने यो दुखखेप्नुपर्ने पनिथिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’
त्यस्तै, उहाले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गर्नुभयो। जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उहाले बताउनुभयो।