Logo

मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ



काठमाडौँ, ८ चैत । मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका उनले बताए । उनले एक हजार २६८ ग्राम रहेको सुन लुकाएर ल्याएका थिए । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्