Logo

मलाई चारैतिरबाट खेद्ने मात्रै काम भयो: रवि लामिछाने



काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गरेका छन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताए ।

विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उनले बताए । सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ । तर उनले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आसा उत्साहका साथ दिएको एकरएक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिले गृह मन्त्री नपाएकोले सरकारबाट बाहिरिएकोजस्तो गरेरमात्रै विश्लेषण र समाचार आइरहेको तर अहिले बाहिर देखाइएको विषय र वास्तविकतामा आकाश जमिनबीचको खाडल रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्