कालीकोट, २४ असोज । कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।
तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।
शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताए ।
वडाध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।






