Logo

मलेसियामा पहिरो: आठ जनाको मृत्यु, ५३ जनाको जीवितै उद्धार



मलेसिया, १ पुस । मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ ।

सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको छ । केही मानिस बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको छ। राजधानीबाट ५० किलोमिटर उत्तरमा रहेको बटाङ काली सहरको फार्म स्टे क्षेत्रमा पहिरो गएको हो ।

मलेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार सडक छेउमा रहेको एक अर्गानिक फार्ममा शिविरका रुपमा उनीहरुलाई राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्