काठमाडौं, ४ असोज । मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको हो । यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ ।
नेपाली टोलीले त्यहाँ पाँच फरक–फरक टोलीसँग प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । क्यानका अनुसार महिला टोलीले सिरिजपछि मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग ट्वान्टी–ट्वान्टी खेलहरु पनि खेल्नेछ । उक्त खेलहरु अक्टुबर २ देखि ८ सम्म हुनेछन् ।
१४ सदस्यीय टोलीको कप्तानी वर्माले गर्नेछिन् भने उपकप्तान पूजा महतो छिन् ।