Logo

मलेसियाले नेपाललाई दियाे १ सय ६६ रनको लक्ष्य



काठमाडौँ, १४ कार्तिक । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको हो ।

मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपालले सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्