ओमान, ३० चैत । एसिसि प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन् ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन् ।
आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ ।