Logo

मल कारखाना बनाउनका लागि अध्ययन भइरहेको: कृषिमन्त्री यादव



काठमाडौँ, ३१ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मल कारखाना बनाउनका लागि अध्ययन भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटमा मल कारखानाका लागि बजेट छुट्ट्याइएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रक्रिया अघि बढेको र लगानी बोर्डमा त्यसबारे अध्ययन भइरहेको उनले बताए ।

मन्त्री यादवले असार १५ गतेसम्म साल्ट ट्रेडिङ लिमिटेडबाट टेन्डर भएका मल पनि आइपुग्ने उल्लेख गरे । “असारको १५ गतेसम्म साल्ट ट्रेडिङबाट मल आउँछ । टेन्डर भएका मल आउँछ । १५ गतेसम्म डीएपी र युरिया आउँछ । ५२ हजार मेट्रिकटन ल्याउने प्रक्रियामा छ । हामीसँग १५ हजार मेट्रिकटन मौज्दात छ,” उनले भने ।

त्यसको विकल्पका लागि विराटनगरमा झोल मल पठाइएको उनले बताए । भारतबाट पाँच लाख मेट्रिकटन झोल मल दिने आश्वासन पाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्