
काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभामा आज मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’
सांसद बस्नेतले भने ( ु६० प्रतिशत किसान भएको मुलुक नेपालमा कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं तर, किसानले मल पाइरहेका छैनन् ।’







