Logo

मस्कको ट्वीटले जेलेन्स्की आक्रोसित



काठमाडौँ, १८ असोज । विश्व प्रसिद्ध टेस्ला कम्पनीका मालिक एलन मस्कले रुस येक्रेनका विषयमा गरेको ट्वीटप्रति युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्स्कीले आक्रोस व्यक्त गरेका छन् ।

मस्कको ट्वीट रिट्वीट गर्दै युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्स्कीले आक्रोस व्यक्त गरेका हुन् । मस्कले डोनबास र क्रिमियामा बस्ने नागरिक रुस वा युक्रेन कुन देशमा बस्न चाहन्छन्, त्यसको जनमत लिनु पर्ने धारणा व्यक्ति गरेका छन् । उनले अर्को एक ट्वीटमा कति मानिसको मृत्यु पछि युद्धको अन्त्य हुने हो रु अर्को एक कुरामा पन ध्यान दिउँ कि सम्भावित परणाम परमाणु यद्ध पनि हुन सक्छ भन्दै चेतावनी दिएका छन् ।

मस्कको ट्रवीटमा युक्रेनी तथा युक्रेन समर्थकले आलोचना गरेका छन् । जेलेन्सीले ट्वीट गर्दै लेखेका छन् ः तपाई कुन एलन मस्क मन पराउनु हुन्छ । युक्रेन समर्थक वा रुस समर्थक सोसल मिडियामा पनि मस्कको ट्वीटको विषयमा बहस हुन थालेको छ । युक्रेन समर्थकलले मस्कको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्