Logo

महँगी बढ्ने कुरा सरकारको हातमा मात्र छैन: कार्की



काठमाडौँ, ७ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताएका छन् ।

पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्रोलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्