काठमाडौँ, २० साउन । महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ ।
दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो ।
अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएको छ । अभियानका क्रममा सबै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् ।







