काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाडौँ नछाड्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले अब सरकारको कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाडौँ नछाड्ने बताए ।







