Logo

महांकाल मन्दिरमा ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते



काठमाडौँ, १५ साउन । काठमाडौँको रत्नपार्कस्थित महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।

ट्यांकर ठोक्किंदा महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ ।

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान मन्दिरको भित्तामा ठोक्किएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ ।

सिटमै च्यापिएका चालकलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टर पुर्‍याएको थियो । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्