Logo

महाअभियोगका विषयमा छलफल गर्न सिफारिस समितिको बैठक बस्दै



काठमाडौँ, ७ भदौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगका विषयमा छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ ।

बैठकको आज बस्ने बैठकले समितिको आन्तरिक कार्यविधि पास गर्ने पारित गर्ने र समितिको सभापति चयनको विषयले पनि प्रवेश पाउने भएको छ । प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्