Logo

महाअभियोग सिफारिस समितिको बैठक बस्दै



काठमाडौँ, २६ भदौ । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ ।

मध्यान्ह १२:३० बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग आफूले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबरासँग समितिले अहिलेसम्म ११ वटा प्रश्नको मात्रै बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्