काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरालाई बयानका लागि बोलाएको छ ।
बुधबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकबाट जबरालाई यही भदौ १५ गते बयानका लागि बोलाउने निर्णय गरिएको समिति सदस्य लालबाबु पण्डितले जानकारी दिए ।
उनका अनुसार समितिको अर्को बैठक भदौ १५ गते बिहान ११ बजे बस्नेछ । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ ।







