Logo

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने



काठमाडौँ, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। समितिले जबराविरुद्ध ४२ वटा  प्रश्न तयार पारेको छ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।

गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्