Logo

महाकाली नदीमा पानीको सतह खतराको तह नजिक



डडेलधुरा, २९ साउन । महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ ।

डडेलधुरा क्षेत्रको महाकाली नदीमा पानीको बहाव अहिले ६ दशमलव ८४ मिटर पुगेको छ । सात मिटर पुगेमा खतराको तह मानिन्छ ।

यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । सुर्खेतको कर्णाली नदीमा अहिले पानीको बहाव ७ दशमलव ६९ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  कर्णालीमा पानीको सतह ८ मिटर पुगेमा खतरा तह मानिन्छ ।

त्यसैगरी, बर्दियाको बबई नदीमा पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ ।  त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच, कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् ।

यस्तै, चितवनमा पनि  नारायणी नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३५ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ९ मिटर पुगे खतरा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्