दार्चुला, २८ भदौ । दार्चुलामा महाकाली नदीमा हाम हालेर एक जना पुरुष बेपत्ता भएका छन् ।
आज बिहान नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा-१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन् ।
स्थानीय र प्रहरीले भुलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।







