काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आइतवार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।