Logo

महानिरीक्षक नियुक्तिमा वरीयता र प्रक्रिया मिचियो: कोइराला



काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दा वरीयता र प्रक्रिया मिचेको आरोप लगाएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिङ्गो प्रहरी सङ्गठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’

सरकारले आइतवार प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्