Logo

महान्यायाधिवक्ता डा.पोखरेलद्वारा शपथ ग्रहण



काठमाडौँ, १४ पुस । नवनियुक्त महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा.पोखरेललाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा.पोखरेललाई बुधवार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्