Logo

महाबिर पुनलाई बेल्स मोडेल स्कुलमा स्वागत सम्मान (भिडिओ)



झापा, १२ साउन । झापाको बिर्तामोड- ७ मा अबस्थित बेल्स मोडेल स्कुलले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनलाई बिद्यालयमा स्वागत एवं सम्मान गरेको छ ।

बेल्स मोडेल स्कुलका प्रिन्सिपल तारा कुमार प्रसाई, सस्थापक अध्यक्ष जय कुमार प्रसाई लगायत शिक्षक एवं विद्यार्थीले बैज्ञानिक डा. पुनलाई बिर्तामोड- ७ भुषाबारीमा अबस्थित बिद्यालयमा स्वागत एवं सम्मान गरेका हुुन् ।

विद्यालयका प्रधानध्यापक प्रसाईले अभियानलाई सहयोग पु¥याउन पाउदा आफलाई निकै ठुलो गर्भ महसुस भएको बताउनुभयो । उहाले सामाजिक कार्य मार्फत देश बनाउने डा. पुनको अभियानलाई निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिद्यालयले सो अवसरमा ६१ वटा महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक खरिद गरी सहयोग समेत गरेको छ ।  शिक्षक, अभिभाबक, विद्यार्थी समेतलेले महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक खरिद गरेका थिए ।

अभियानका क्रममा रहेका पुनले आफ्नो अभियान र राष्ट्रिय आविष्कार केन्द्रकाबारेमा जानकारी गराउनु भएको थियो ।

डा. पुनले बेल्स मोडेल स्कुलका विषयमा जानकारी लिदै अवलोकन समेत गर्नुभएको थियो ।

पुनको स्वागत सम्मान कार्यक्रममा विद्यालयका शिक्षक, अभिभाबक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन बिद्यालयका कोअर्डिनेटर देवन ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्