काठमाडौँ, २९ भदौ । परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुने भएका छन् ।
असोज ३ गते हुने अन्त्येष्टि समारोहमा भाग लिनको लागि मन्त्री खड्का लण्डन जाने पक्का भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेलायत नेपालको नजिकको मित्र भएको र महारानीले दुइपटकसम्म भ्रमण गरेकाले उाको निधनलाई सरकारले उच्च महत्व दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







