महाराष्ट्र, १७ असार । भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिएका छन् ।
त्यस्तै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताएका थिए ।
महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।







