Logo

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा



महाराष्ट्र, १६ असार । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।

सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् । साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दु:ख नलागेको बताएका छन् ।

बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्