भारत, २ वैशाख । भारतको महाराष्ट्र राज्यको रायगढमा आज भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् ।
प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए ।