Logo

महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु



भारत, २९ पुस । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन् ।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् ।

निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहात दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्