काठमाडौँ, १८ चैत । अर्थ मन्त्रालयका पूर्व सचिव तोयम राया महालेखापरीक्षकमा सिफारिस भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
तोयम राया अहिले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी हुन् । गएको जेठ ८ गते टङ्कमणि शर्मा आफ्नो छ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि कार्यालय नेतृत्वविहीन छ ।
तत्कालीन राष्ट्रपतिबाट २०७४ जेठ २ गते नियुक्त भएका शर्माले पूरै कार्यकाल बिताएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।






