झापा, ११ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई पूर्वाञ्चल दैनिकमा स्वागत सम्मान गरिएको छ ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले पुनलाई स्वागत सम्मान गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका प्रधानसम्पादक गिरीले झापाली पत्रकारिताको विषयमा जानकारी गराउँदै अभियानलाई सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
झापामा पनि मायाको चिनो स्वारुप पुस्तक उपहार दिने प्रचलन शुरुवात गरेको बताउँदै अध्यक्ष गिरीले झापाका धेरै संघ संस्थाले ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक मायाको चिनो दिनका लागि खरिद गरेको बताउनुभयो ।
अभियानका क्रममा रहेका पुनले पूर्वाञ्चल दैनिकका विषयमा जानकारी लिदै यहाँको अफसेट प्रेसको समेत अवलोकन गर्नुभएको छ ।
यस क्रममा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले स्वागत सहित पुनलाई पूर्वाञ्चल दैनिकको स्मारिका प्रदान गर्नुभएको थियो भने प्रधान सम्पकदक गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाको झापाको पत्रकारिता पुस्तक प्रदान गर्नुभयो ।
पुनको स्वागत सम्मान कार्यक्रममा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारी , समाचार संयोजक नरेन्द्र ढकाल , वजार व्यवस्थापक लीला आचार्य, कम्प्युटर अपरेटर सन्तोष अधिकारी, रुपा मुखिया, वजार प्रतिनिधि गोपाल अधिकारी, सञ्जय श्रेष्ठ, लेखापाल सोमनाथ भण्डारी, सहलेखापाल मनिता अधिकारी, प्राविधिक वद्री महतारा , पत्रकारहरु विनोद पाण्डे, केशव भट्टराई, उद्धव पुरी लगायतको सहभागिता रहेको थियो ।