
पोर्चुगल, १२ जेष्ठ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ ।
युरोप भ्रमणमा रहेका डा.पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
डा.पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा.पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा.पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिएका थिए ।
केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ-नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उनले जानकारी गराएका थिए ।






