Logo

महासचिव पोखरेल भन्छन्: प्रभु साहको कदम अराजनीतिक



काठमाडौँ, २६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् । ‘तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो ।’

प्रतिक्रिया दिनुहोस्